Logo

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने


Nagarik Abaj २६ श्रावण २०८०, शुक्रबार १०:५७ मा प्रकाशित

काठमाडौं। नेकपा (एमाले)का कारण पटक–पटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको बैठकमा नाराबाजी गरेको थियो ।

संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेले माग गर्दै आएको छ। आज प्रतिनिधिसभाको बैठक बस्ने भनिए पनि संसद् सचिवालय वेभसाइटमा कुनै कार्यसूची भने सार्वजनिक गरेको छैन ।


ताजा समाचार