Logo

चीन जाने तयारीमा उपराष्ट्रपति यादव


Nagarik Abaj २४ श्रावण २०८०, बुधबार २०:४६ मा प्रकाशित

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अर्को साता चीन जानु हुनेभएको छ ।

साउन ३१देखि भदौ ३ गतेसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन हुँदैछ । उपराष्ट्रपति यादव त्यही कार्यक्रममा सहभागी हुन  चीन जान लाग्नुभएको हो ।  

उपराष्ट्रपतिको चीन भ्रमण मन्त्रिपरिषद्ले  स्वीकृत गरेको छ । उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत भएको  सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ । 


ताजा समाचार