
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवक्ताको जिम्मेवारी उपाध्यक्ष अग्नी सापकोटालाई दिएको छ । हालैको केन्द्रीय कमिटीको बैठकपछि नेताहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा पार्टीको प्रवक्ता पनि परिवर्तन गरिएको पार्टीले जनाएको छ । पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालेपछि सापकोटाले आज (बुधबार) दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।
पार्टीको उपाध्यक्षसमेत रहेका महरालाई प्रवक्ताबाट हटाइ उनको ठाउँमा अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई उक्त जिम्मेवारी दिइएको हो । २०७४ साल फागुन २६ गते महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । यद्यपी, २०७६ सालको असोज १२ गते साँझ महराले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले आरोप लगाएपछि उहाँलाई असोज १९ गते सभामुखको निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाडौं जिल्ला अदालत न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
महरा पुर्पक्षका लागि थुनामा गएपछि केही समय नेतृत्वविहीन बनेको प्रतिनिधिसभामा सोही वर्षको माघ १२ गते सभामुख चुनिएको थियो । त्यतिबेला सापकोटा पनि निर्विरोध निर्वाचित हुनुभएको थियो । सोही वर्षको फागुन ५ गते काठमाडौं जिल्ला अदालतकै न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो ।
सापकोटाले भने २०७९ मंसिर ४ को निर्वाचन सम्पन्न नहुँदासम्म सभामुखमै रहेर कार्यकाल पुरा गर्नुभयो ।