Logo

वर्षाका कारण देशभरको जनजीवन प्रभावित


Nagarik Abaj २३ श्रावण २०८०, मंगलवार १३:३७ मा प्रकाशित

काठमाडौं। गत रातिदेखि सुरु भएको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढी / पहिरो गएको छ । वर्षाका कारण दर्जनौं राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

वर्षाको कारण आएको बाढीले नारायणगढ–मुग्लिन सडक, सिद्धार्थ राजमार्ग, भालुवाङ सडक खण्ड, बेनी–जोमसोम सडक खण्ड लगायतका विभिन्न सडक मार्गहरु अवरुद्ध रहेका छन् ।


ताजा समाचार