Logo

लम्पी स्किनबाट ५ महिनाको अवधिमा ४८ हजार घर पालुवा चौपायाको मृत्यु


Nagarik Abaj २१ श्रावण २०८०, आईतवार २१:१९ मा प्रकाशित

काठमाडौं । मुलुकमा लम्पी स्किन रोगको महामारीबाट ५ महिना अवधिमा ४८ हजार घर पालुवा चौपाया मरेका छन् ।

सरकारले बेलैमा रोकथाम र उपचारको व्यवस्था नगर्दा लम्पी स्किनको महामारी फैलिएको हो । हिमाल पारिको  मनाङ र मुस्ताङ बाहेक ७५ जिल्लामा लम्पी स्किन अहिलेसम्म महामारीकै रुमा रहेको पशु सेवा विभागले जनाएको छ ।

लम्पी स्किनले छिमेकी मुलुक चीन र भारतमा यसअघि नै ठूलो क्षति पुर्‍याएको  छ । सरुवा रोग लम्पी स्किनबारे सरकारले बेलैमा रोकथाम र उपचारको व्यवस्था नगर्दा नेपालमा पनि यसले क्षति पुर्‍याएको हो । लम्पी स्किनले कृषि उत्पादन र दूग्ध व्यवसायमै  असर परेको छ ।  नेपाल पशु चिकित्सा परिषद्ले लम्पी स्किन महामारीबाट विभिन्न ठाउँका किसानको अहिलेसम्म ५४ अर्ब रुपैयाँ बढी क्षति भएको प्रारम्भिक अनुमान निकालेको छ ।

नेपालमा  २०७७ साल असामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा पहिलो पटक नेपालमा लप्मी स्किन रोग देखिएको थियो । २०७९ माघबाट यो रोग पुनः महामारीको रुपमा फैलिन थालेको हो ।


ताजा समाचार