Logo

नेकपा एसको स्थायी समिति बैठक आज पनि जारी


Nagarik Abaj २१ श्रावण २०८०, आईतवार १२:४९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको शनिबारदेखि शुरु भएको स्थायी समिति बैठक आज पनि जारी छ । स्थायी समितिमा आसन्न पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका एजेन्डा र पार्टीको आन्तरिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभएको छ ।

बैठकमा शनिबार पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनालसहित १८ जना सदस्यले आफ्ना धारणा राख्नुभएको उपमहासचिव तथा पार्टीक प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ। एकीकृत समाजवादीले भदौ ३ र ४ गते पोलिटब्युरो र भदौ ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक तोकिएको छ ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा गर्ने भएको छ । बैठकमा सहभागी हुन केन्द्रीय सदस्यको लागि परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएका केन्द्रीय सदस्यहरूले बैठक अगावै पार्टी मुख्यालयमा सम्पर्क गरेर आफ्नो परिचयपत्र बनाउन निर्देशन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।


ताजा समाचार