
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ ।
भोलिदेखि स्थायी कमिटी बैठक सुरु हुँदै छ । भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बोलाइएको छ । त्यस्तै, भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्दै छ ।
जारी सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ । त्यस्तै, ती बैठकमा पार्टी महाधिवेशनको मिति पनि प्रस्ताव गर्नेछ । एकीकृत समाजवादीले माघ वा फागुनमा महाधिवेशन गर्ने तयारी गरेको छ ।