Logo

 सहकारी पीडितद्वारा काठमाडौंमा प्रदर्शन


Nagarik Abaj १८ श्रावण २०८०, बिहीबार २१:५३ मा प्रकाशित

काठमाडौं । विभिन्न सहकारीमा पैसा राखेकाहरुले नियम अनुसार फिर्ता नपाएपछि बचत फिर्ता माग्दै प्रदर्शन गरेका छन् । बचत तथा ऋण सहकारीमा बचत गरेकाहरुले रकम फिर्ता माग्दै बिहीबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। बचतकर्ताको प्रदर्शनमाप्रहरीले हस्तक्षेप गरेको छ । बचतकर्ताहरुको जुलुश माइतीघरबाट नयाँ बानेश्वर जाने क्रममा बिजुलीबजार पुलछेउमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा प्रवेश रोक्न प्रहरीले सडकमा बार लगाएको थियो । प्रदर्शनकारीले प्रहरीलाई धकेल्दै बार तोडेर अगाडि बढ्न खोजेपछि हस्तक्षेप गरेको हो। सहकारी पीडितले रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्ने लगायतका मागसहित केही दिनदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।


ताजा समाचार