Logo

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध


Nagarik Abaj १८ श्रावण २०८०, बिहीबार १४:५१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनको लागि उच्च स्तरीय समिति माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । 

एमालेका सांसदहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भइ बाहिरबाट बरामद गरिएको एक सय किलो सुन तस्करी प्रकरणबारे छानविनको लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै बिहीबार राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो । 

राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा सय किलो तस्करीको सुन बरामद गरेको हो । सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो ?  भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् । 


ताजा समाचार