Logo

सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाको अवधारणापत्र स्वीकृत


Nagarik Abaj १७ श्रावण २०८०, बुधबार २१:०४ मा प्रकाशित

काठमाडौं । सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाको अवधारणापत्र स्वीकृत भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ (२०८१-०८२–२०८५-०८६) योजनाको अवधारणापत्र स्वीकृत गरेको हो । आयोगका प्रवक्ता सुमन दाहालले योजनाको अवधारणापत्र स्वीकृत भएको जानकारी दिनुभएको छ । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।

आयोगले नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको कार्यतालिका बनाएको छ । आयोगले तयार पारेको ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’ अनुसार पञ्चवर्षीय आवधिक योजना ९२०८१-०८२–२०८५-०८६० तर्जुमाका लागि जेठ चौथो सातााबाट काम शुरु भएको थियो । आगामी माघ मसान्तसम्ममा आवधिक योजनालाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिसक्नेगरी समयतालिका बनाइएको छ । 

कार्यविधिअनुसार आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने निर्देशक समिति र सदस्यहरूको संयोजकत्वमा विषय क्षेत्रगत समिति रहेका छन् । सोह्रौँ योजनाको अवधारणापत्र निर्देशक समितिबाट सुझावसहित स्वीकृत भइसकेपछि आयोगको बैठकमा पठाइएको थियो । 


ताजा समाचार