
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भएको भएको छ । केन्द्रीय समिति बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सम्बोधन गर्दै माओवादी अहिले पार्टी जस्तो नभएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष दाहाल गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको भन्दै केन्द्रीय समिति बैठकले अझ प्रभावकारी बनाउने आशा व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले माओवादी केन्द्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यसलाई अवसरमा बदल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसका लागि कमीकमजोरी स्वीकार्न डराउन नहुने उहाँको भनाई छ । अध्यक्ष दाहालले बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने भएको छ ।
अध्यक्ष दाहालको निर्देशनमा उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र उपमहासचिव वर्षमान पुनले राजनीतिक प्रतिवेदनको मस्यौदा तयार पार्नुभएको छ र महासचिव देव गुरुङ र उपमहासचिव तथा पार्टी संगठन विभाग प्रमुख जनार्दन शर्माले सांगठनिक प्रतिवेदनको मस्यौदा बताउनुभएको छ ।