Logo

किसान सञ्जालको धर्ना स्थगन


Nagarik Abaj १७ श्रावण २०८०, बुधबार १०:०२ मा प्रकाशित

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिनुभयो ।

सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा सञ्जालका प्रतिनिधि पनि रहनेछन् । सञ्चालले गत असार २४ गते मन्त्री भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो ।


ताजा समाचार