
काठमाडौं । निरन्तर आन्दोलनमा रहेका निर्माण व्यवसायीहरुले आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास अगाडि बालुवाटारमा निर्माण यन्त्रहरू तेर्स्याएर प्रदर्शन गरेका छन् । निर्माण व्यवसायीहरूले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो ।
नेपाल सरकारले बनाएका योजनाहरू ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेको भएपनि स्रोत नभएको योजनाहरूको म्याद थप गर्न लागेको उहाँको भनाइ छ ।