Logo

केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने माओवादी केन्द्रको तयारी


Nagarik Abaj १५ श्रावण २०८०, सोमबार १४:३३ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने तयारी गरेकाे छ । साउन १७ गतेदेखि शुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न आज (साेमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको हो ।

यसअघि नेपाली कांग्रेसले बैठक लाइभ गरेपछि त्यसको सिको गर्दै माओवादी केन्द्रले पनि लाइभ गर्न लागेको देखिएकाे छ । पार्टी सचिव दीनानाथ शर्माका अनुसार बैठक पाँच दिनसम्म चल्ने र सबै दिनकाे कार्यक्रम लाइभ गरिने तयारी गरिएकाे छ ।

पछिल्लो समय पार्टीहरुका निर्णय अपारदर्शी हुने गरेको आम गुनासो बढेपछि दलहरुले बैठक सामाजिक सञ्जालबाट कार्यक्रमहरू  प्रत्यक्ष प्रसारण गर्न थालेका छन् ।


ताजा समाचार