Logo

पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता


Nagarik Abaj १३ श्रावण २०८०, शनिबार १९:१९ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक साताको विदेश भ्रमणबाट फर्कनुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल इन्डोनेसिया, मलेसिया र सिङ्गापुर भ्रमणबाट शनिबार स्वदेश फर्कनुभएको हो । पूर्वप्रधानमन्त्री नेपाल त्रिदेशीय भ्रमणको लागि गएको आइतबार इन्डोनेसिया प्रस्थान गर्नुभएको थियो । एकीकृत समाजवादी अध्यक्ष नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया जानुभएको हो । अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे धारणा व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष नेपालले त्यो बैठकपछि मलेसिया र सिङ्गापुर भ्रमण गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले तीनवटै मुलुकका शीर्षनेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गर्नुभएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।

एक साताको विदेश भ्रमणबाट स्वदेश फर्कनुभएका अध्यक्ष नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको छ ।


ताजा समाचार