
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा सरकारकै मिलेमतो रहेको आरोप लगाउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता ओलीले एमालेद्वारा नेपालगन्जमा शनिबार आयोजित कार्यक्रममा यस्तो आरोप लगाउनुभएको हो । सरकारको मिलेमतोमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको एमालेअध्यक्ष ओलीको भनाई छ । ‘एक दुई किलो सामान लिएर आउँदा भन्सार तिर्नुपर्छ’ कार्यक्रममा उहाँले भन्नुभयो- ‘त्यही ठाउँबाट एक सय केजी सुन कसैले थाहै नपाइ, मेसिन पनि सुतेका बेला, मानिस पनि सुतेका बेला, जाँचकीलाई पनि छक्काएर फुत्त कसरी बाहिर आयो त ? यसमा सरकारकै मिलेमतो छ ।’
ओलीले सत्ता गठबन्धनलाई अपवित्र भन्दै सरकार लक्ष्य र उद्देश्यविहीन रहेको टिप्पणी गर्नुभयो ।‘सरकारले मुलुकलाई आर्थिक रुपमा टाट पल्टाइसक्यो’ उहाँले भन्नुभयो- ‘कर्मचारीलासाउन महिनाको तलब खुवाउन समेत बजेट छैन ।’