Logo

भन्सार एजेन्टसहित ६ जना पक्राउ: जाँचपासमा संलग्न सवै कर्मचारी निलम्बनमा


Nagarik Abaj ४ श्रावण २०८०, बिहीबार १०:३२ मा प्रकाशित

काठमाडौं । राजस्व अनुसन्धान विभागले गएराति बरामद गरेको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ । आज विहान १० बजे राष्ट्रबैंकले सुन जोख्न लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट गएराति झण्डै सय किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिनुभयाे।

उहाँका अनुसार गत जुलाई १६ मा आएर तीन दिन भन्सार कार्यालयको गोदाममा बसेको सुन हिजो भन्सार जाँचपास सकेर बाहिर निकालिएको थियो । उक्त सुन भन्सार  कार्यालय अगाडीबाट राजस्व अनुसन्धान विभागले समातेको थियो ।

सुन ओसारपसरासमा संलग्न रहेका ६ जनालाई  पक्राउ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानले जानकारी दिनुभयाे । पक्राउ पर्नेमा एक भन्सार एजेन्ट पनि छन् । उहाँहरुमाथि थप अनुसन्धान भइरहेको ढुंगानाको भनाइ छ। अनुसन्धानपछि थप जानकारी दिने उहाँकाे भनाइ छ ।

हङकङबाट आएको सुन विमानस्थल पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा बरामद गरिएको थियो ।


ताजा समाचार