Logo

असारे विकासको प्रवृत्तिलाई पूर्णरूपले त्याग्नुपर्छः प्रचण्ड


Nagarik Abaj ३ श्रावण २०८०, बुधबार १५:१६ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई पूर्णरूपले त्याग्नुपर्ने बताउनुभएको छ ।

बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले  गुणस्तरीयता नहुने विकासका काम त्याग्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ । विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु ।’’


ताजा समाचार