Logo

प्रधानमन्त्री दाहाल इटाली जाने


Nagarik Abaj ३ श्रावण २०८०, बुधबार १०:४१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने हुनुभएकाे छ। आज (बुधबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघको कार्यक्रममा जाने प्रधानमन्त्री प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जाने तयारी भएकाे जनाइएकाे छ। भ्रमण टोली सानो बनाउने गृहकार्य थालिएको बालुवाटार स्रोतले जनाएको छ।

बैठकले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शाहले बताउनुभयाे ।


ताजा समाचार