Logo

एमालेका अध्यक्ष केपी ओली कम्बोडिया प्रस्थान


Nagarik Abaj ३ श्रावण २०८०, बुधबार १०:२७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली कम्बोडिया प्रस्थान गर्नुभएकाे छ । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उहाँ मंगलबार राति त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

ओलीको टोलीमा पत्नी राधिका शाक्य, पार्टी उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।

त्यसअघि उहाँले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिनुभएकाे थियाे ।


ताजा समाचार