
रोल्पा । लुङ्ग्री गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गाउँपालिका वडा नम्बर ५ काला पोखरामा जंगली च्याउले एउटै परिवारका ३ जनाले जीवन गुमाएका हुन् । जंगली च्याउले ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।
जंगली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभएको छ ।