Logo

घट्यो पेट्रोलियम पदार्थको भाउ


Nagarik Abaj ३१ असार २०८०, आईतवार २१:२४ मा प्रकाशित

काठमाडौं ।  पेट्रोलियम पदार्थको भाउ घटेको छ ।  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य  अनुसार  पेट्रोलियम पदार्थको भाउ समायोजन गरेको हो ।

निगमले आइतबार पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जनाएको छ । निगमका अनुसार पेट्रोलका मूल्य लिटरमा ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य वर्ग अनुसार क मा प्रतिलिटर १६१.५०, खको १६३ र गमा १६४ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ  । 

मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ  । डिजल-मट्टितेलको नयाँ मूल्य कमा १४३. ५०, खमा १४५ र गमा १४६ रूपैयाँ भएको छ । निगमले एलपी ग्यासमा समेत प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ । एलपीजीको मूल्य १७९० रूपैयाँ पर्ने भएको छ ।


ताजा समाचार