Logo

कोशी प्रदेश सरकार तत्काल भंग गर्नुपर्ने एमालेको निश्कर्ष


Nagarik Abaj ३० असार २०८०, शनिबार २१:०५ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेश सरकार तत्काल भंग गर्नुपर्ने निश्कर्ष निकालेको छ ।  एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले  कोशी सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै भंग गर्नुपर्ने निश्कर्ष निकालेको हो ।  

एमालेले कोशी प्रदेशमा नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया शुरु गर्न आग्रह गरेको छ । सचिवालय बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थामा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने कार्यमा उद्दत रहेको निश्कर्ष समेत निकालेको छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकले कोशीमा अहिलेको सरकार असंवैधानिक रुपमा गठन भएको निश्कर्ष निकाल्दै यसलाई भंग गरी संविधानसम्मत ढंगबाट नयाँ सरकार गठन प्रक्रिया शुरु गर्न आग्रह गरेको जानकारी दिनुभएको छ । 

 कोशी प्रदेशसभामा सत्ता पक्षबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रुपमा रहेको छ’, बैठकपछि उहाँले भन्नुभयो  ‘सरकार गठन गर्ने वा हटाउने सम्बन्धमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मान्यता, एवं हाम्रो आफ्नो लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार हो ।’

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले  सभामुखको हस्ताक्षर समेत गणना  थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि एमालेले त्यसप्रति आपत्ति जनाउँदै आएको छ ।  एमाले केन्द्रीय सचिवालयले सरकार गठनमा सभामुखको संलग्नतालाई  लोकतान्त्रिक र संसदीय अभ्यासमाथिकै प्रहार भनेको छ । 


ताजा समाचार