
काठमाडौं । नेपाल भ्रमणमा रहनुएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समवेदना दिनुभएको छ ।
शुक्रबार काठमाडौं आउनुभएका लुले साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर दिवंगत सीताको तस्बिरमा माल्यार्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको हो ।
सहायक विदेशमन्त्री लूले त्यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।