Logo

कुवेत एयरमार्फत जान लगेका १६ जना श्रमिकलाई फर्काइयो


Nagarik Abaj २८ असार २०८०, बिहीबार २१:११ मा प्रकाशित

काठमाडौं । कुवेत जान लागेका १ सय १७ श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।  बुधबार साँझ सलाम एयरबाट जान लागेका १ सय १ जना र बिहीबार बिहान कुवेत एयरमार्फत जान लगेका १६ जना श्रमिकलाई भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले फर्काएको  हो । 

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति समेत लिएर विभिन्न म्यानपावर कम्पनीमार्फत विदेश हिडेका उनीहरुलाई अध्यागमनले सोधपुछका क्रममा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काएको हो ।  फर्काइएकाहरु मध्ये अधिकाँश महिला छन् ।

अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले उनीहरुको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि फर्काइएको बताउनुभयो । 

 घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान मिल्दैन’ उहाँले भन्नुभयो– ‘ तर फरक–फरक भिसाका कागज बनाएर म्यानपावर कम्पनीले लागेको पुष्टि भएपछि उहाँहरुलाई प्रस्थान अनुमति नदिएका हौं ।  ८० जना श्रमिकले  भिसाबारे नै अनुसन्धान गरिदिन हामीलाई आग्रह गर्नुभएको छ ।’


ताजा समाचार