Logo

सीता दाहालको निधनमा मोदीले दिए समवेदना


Nagarik Abaj २७ असार २०८०, बुधबार १६:५९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले बुधबार सीताको निधन भएको खबरले मर्माहत भएको उल्लेख गर्दै ट्वीट गर्नुभएको हो । मोदीले प्रधानमन्त्री दाहालप्रति समवेदना व्यक्त गर्नुभएको छ । सीताको आत्माको चीरशान्तिको कामना गर्नुभएको छ । 

मोदीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा नेपालीमा नै ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति’  लेख्नु भएको छ । 


ताजा समाचार