
काठमाडौं । शहरी विकासमन्त्री सिता गुरुङले संसद भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको संख्या बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले श्रमिकको संख्या बढाउन आफुले पटक-पटक आग्रह गरेको भन्दै अब भने बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले कही कतै नितिगत अप्ठ्यारो परेको खण्डमा गाँठो फुकाउनका लागि सरकार तयार रहेको बताउनुभयो ।
सरकार, निर्माण व्यवसायी र श्रमिकहरु आपसमा समन्वय गरी भवन निर्माणलाई छिटो सम्पन्न गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो । सरकारको उद्देश्य पूरा हुनेगरी काम गर्न उहाँले निर्माण व्यवसायीहरुलाई निर्देशन समेत दिनुभयो ।