
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले समाजिक सञ्जालमार्फत सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइएको धारणा सार्वजनिक गर्नुभएको हो । भट्टराईले नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको आरोप लगाउँदै आफू त्यस्तो मोर्चाबन्दीमा नलाग्ने उल्लेख गर्नुभएको छ ।
उहाँले सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाई गरेर सत्तादोहन गर्ने मात्र अहिले गठन गरिएको मोर्चाको उद्देश्य रहेको आरोप लगाउँदै आफू त्यसमा संलग्न हुने प्रश्नै नउठ्ने बताउनुभएको छ । समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात भएको उहाँको भनाई छ ।