Logo

सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई कारबाही


Nagarik Abaj २४ असार २०८०, आईतवार २१:३४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई कारबाही गरेको छ ।  महानगरका अनुसार काठमाडौं–६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराएको हो । 

महानगरपालिका भित्र जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महनागरका नगर प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभएको हो । नियम अनुसार महानगरले बुढाथोकीलाई जरिवाना तिराउने काम भएको उहाँले बताउनुभएको छ । 


ताजा समाचार