Logo

मेलम्ची खानेपानीको सुरुङ बन्द


Nagarik Abaj २२ असार २०८०, शुक्रबार २१:०८ मा प्रकाशित

काठमाडौं । मेलम्ची खानेपानीको सुरुङ बन्द गरिएको छ । यस वर्ष वर्षामा पानी निरन्तर पठाउने योजना बनाए पनि लेदो सहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी अब वर्षा कम भएपछि मात्र ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदो सहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ। नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभएको छ । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउन सक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको उहाँले बताउनुभयो । मेलम्चीको पानी विगतका वर्षमा समेत हिउँदमा काठमाडौं ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । २०७८ साल असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो। क्षति भएका संरचनाको पुनर्निर्माण बाँकी छ । 


ताजा समाचार