
काठमाडौं। एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक मलेसियालाई २ सय २१ रनले हराउँदै नेपालले उपाधि जितेको छ । नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोन कपको उपाधि जितेको हो । यसअघि नेपालले सन् २०१७ र २०१९ मा उपाधि जितेको थियो ।
थाइल्याण्डमा भएका दुवै संस्करणअन्तर्गत नेपालले २०१७ मा सिंगापुरलाई ७२ रन र २०१९ को संस्करण फाइनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो । यसपल्ट मलेसियालाई नै हराउँदै नेपालले एसीसी यू–१६ को प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ ।
मलेसियाको भने यसपटक पनि उपाधि जित्ने सपना अधुरै रह्यो । फाइनलमा नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४।५ ओभरमा ३१ रनमै अलआउट भयो । उसका लागि मोहम्मद अकरमले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।