
काठमाडौं। अर्घाखाँचीको पाणिनी गाउँपालिका १ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।