
काठमाडौं । संसदीय मामिला पत्रकार समाजको शनिबार सम्पन्न भएको आठौँ अधिबेशनले मनोज सत्यालको नेतृतवमा नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा सिर्जना घिमिरे, किरण दाहाल, महासचिवमा जयसिह महरा, कोषाध्यक्षमा अमुल थापा सचिवमा गुञ्जनराज गिरी र सबिता शर्मा निर्बाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा रघुनाथ बजगाई, राजु थापा, कमलराज भट्ट, अञ्जना लामिछाने, रोमन आचार्य, शिला तिमिल्सिना, मीरा बस्नेत, बिनोद कटुवाल निर्वाचित हुनुभएको छ ।
आठौँ अधिबेशन सम्पन्न गर्न बरिष्ठ पत्रकार एवं संसदीय मामिला पत्रकार समाजका संस्थापक टंक पन्तको संयोजकत्वमा निर्बाचन समिति बनाइएको थियो । निर्बाचन समितिका पत्रकार नारायण न्यौपाने र चिरञ्वीवी ढुंगानाा रहनुभएको थियो । निर्बाचन समितिले अधिबक्ता एवं पत्रकार लीलाधर उपाध्याय र पत्रकार प्रकाश बमलाई सहयोगी भुमिकाका लागि नियुक्त गरेको थियो ।