
भक्तपुर । नेकपा संस्थापक नारायणविलास जोशीको प्रतिमा अनावरण गरिएकाे छ ।
जाेशीकाे ३४औँ स्मृति दिवसको अवसरमा आइतबार मध्यपुर थिमि नगरपालिका-४ बालकुमारीमा निर्मित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन उद्घाटन एवम् प्रतिमा अनावरण गरिएकाे हाे ।
भवनकाे उद्घाटन तथा प्रतिमाकाे अनावरण प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएकाे थियाे ।