Logo

कोशीमा ढल्यो एमाले सरकार 


Nagarik Abaj १५ असार २०८०, शुक्रबार १५:३७ मा प्रकाशित

विराटनगर। कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा १ मतले विश्वास गुमाएपछि नेकपा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री कार्की प्रदेशसभा शुक्रबार विश्वासको मत माग्नुभएको थियो । तर मुख्यमन्त्री कार्कीको प्रस्ताव प्रदेशसभामा १ मत नपुग्दा अस्वीकृत भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिएका छन् । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।

प्रदेशसभा बैठकमा ८९ सदस्य उपस्थित भए। जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे । जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो ।

कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । २०७९ मंसिरमा भएको प्रदेशसभा चुनावपछि कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।


ताजा समाचार