Logo

आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित


Nagarik Abaj १३ असार २०८०, बुधबार २०:४७ मा प्रकाशित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।  बजेट प्रतिनिधिसभाबाट बुधबार बहुमतले पारित भएको हो । 

आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयक पारित गर्न प्रतिनिधिसभामा मतदान गरिएको थियो ।  बजेट पारितको लागि प्रतिनिधिसभामा पहिलो पटक मतदान भएको हो । 

प्रमुख प्रतिपक्ष नेकपा एमालेले मत विभाजन माग गरेपछि बजेट पारितको लागि मतदान गरिएको हो ।  मतदानमा विनियोजन विधेयकको पक्षमा १ सय ४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।

प्रतिनिधिसभाका कुल २ सय ७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका छन् । 

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसका ८८ सांसद छन् । दोस्रो ठूलो दल  एमालेको ७८, नेकपा माओवादीको ३२, रास्वपाको २१, राप्रपाको १४, जसपाको १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको चाररचार र नागरिक उन्मुक्ति पार्टीको ३ सदस्य छन् । नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका साना दलहरुको १, १ सिट छ । 


ताजा समाचार