
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सम्पूर्ण सहकारी संस्थालाई ३० दिनभित्र साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायतका विवरण पेस गर्न निर्देशन दिएको छ ।
काठमाडौं महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै विवरण माग गरेको हो । सहकारी विभागले सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
पछिल्लो समय सहकरीमा संकट सिर्जना भईरहेको बेला महानगर क्षेत्रभित्रका केही सहकारीले पनि साधारणसभाको जानकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ । सूचनाबारे जानकारी दिनुहुँदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिष्ट गरेका दायित्व र जिम्मेवारी सहकारीहरुले पुरा गर्नुपर्ने बताउनु भएको छ । उहाँले निरन्तर रुपमा सहकारीको निगरानी गर्नहुन बचतकर्तालाई पनि अनुरोध गर्नुभएको छ ।