Logo

सरकारले बजेट पारितका लागि संसदमा पेश गर्दै


Nagarik Abaj १३ असार २०८०, बुधबार ११:०५ मा प्रकाशित

काठमाडौं । जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेट सरकारले आज पारितका लागि संसदमा पेश गर्दैछ। बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेश गर्न लागेको हो।

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले बजेट पारितका लागि प्रस्ताव पेश गर्न लागेको हो । यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बजेटको पक्षमा मदतान गर्न नेपाली कांग्रेसले सांसदहरूलाई व्हिप जारी गरिसकेको छ भने विपक्षी सांसदहरूले पारित हुन नदिने बताइरहेका छन् ।


ताजा समाचार