Logo

बजेटको पक्षमा मतदान गर्न कांग्रसको ह्विप


Nagarik Abaj १२ असार २०८०, मंगलवार २२:४८ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/०८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गर्नुभएकाे हाे ।

बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यद्यपि, सत्तारुढ दलका शीर्ष नेताहरूबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने विषयमा सहमति बनेकाे नेताहरूले जनाएका छन्।


ताजा समाचार