Logo

सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ


Nagarik Abaj १२ असार २०८०, मंगलवार २२:४१ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी रिटमा  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग लिखित जवाफ मागेको छ । 

अधिवक्ता वर्षाकुमारी झाले दर्ता गराएको अवहेलना सम्बन्धी रिटमा सर्वोच्च मेयरसँग लिखित जवाफ मागेको हो । सर्वोच्चका  न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार  रिट सुनुवाइ गर्दै  मेयर साहलाई लिखित जवाफ पठाउन आदेश दिएको छ । 

उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयरसाहले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गर्नुभएको थियो । अधिवक्ता झा त्यही विषयमा मेयर साहविरुद्ध  सर्वोच्चमा अवहेलना सम्बन्धी रिट दर्ता गराउनुभएको हो। 


ताजा समाचार