
काठमाडौं। प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने न्यायाधीशले पदबाट राजीनामा दिनुभएको छ । प्रधानन्यायाधीशविरुद्ध उजुरी दिनुभएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको हो ।
न्यायाधीश भट्टराईले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रकृया अगाडि बढिरहेको बेला उहाँलाई बनाउन नहुने भन्दै संसदीय सुनुवाइ समिति उजुरी दिनुभएको थियो । न्यायाधीश भट्टराईले कार्की राजनीतिक व्यक्ति भएकोले उहाँलाई प्रधानन्यायाधीश बनाउन नहुने भन्दै समितिमा उजुरी दिनुभएको हो । तर आफ्नो उजुरीको बाबजुद प्रधानन्यायाधीश कार्की नै भएपछि भट्टराईले पदबाट राजीनामा दिनुभएको हो ।
भट्टराईले प्रधानन्यायाधीश कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमवार न्यायाधीशबाट राजीनामा दिनुभएको हो । भट्टराईले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषदमा नियुक्ति हुने गरेको आरोप समेत लगाउनु भएको छ । ‘
न्यायाधीश नियुक्तिको प्रक्रिया र बाहिरबाट नियुक्तिहरु, अत्यन्तै धेरै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्का आफन्तहरु बाहिरबाट नियुक्ति गर्ने काम हुन्छ। तर हामी जुन करियरबाट आएका छौँ, उहाँहरु सबैको भविष्य अन्धकार भयो’ उहाँले भन्नुभयो– ‘न्यायाधीश नियुक्तिको प्रक्रिया र बाहिरबाट नियुक्तिहरु, अत्यन्तै धेरै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्का आफन्तहरु बाहिरबाट नियुक्ति गर्ने काम हुन्छ। तर हामी जुन करियरबाट आएका छौँ, उहाँहरु सबैको भविष्य अन्धकार भयो।’