
काठमाडौं । आईसीसी विश्वकप छनोटमा बिहीबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।
जिम्बावेमा जारी नेपालले दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजसँग विश्वकप छनोटमा पहिलो भेट गर्न लागेको हो ।
खेल बिहीबार दिउँसो जिम्बावेको हरारे स्पोर्टस् क्लबमा हुँदैछ। विश्वकपको छनोट खेलमा दुई खेल खेलेको नेपालले दुई अंक जोडेको छ । पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराउन सफल भयो ।
आज पहिलो पटक वेस्ट इन्डिसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्दैछ। विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् । यो प्रतियोगिताबाट थप दुई देश विश्वकपमा छनोट हुनेछन् ।