Logo

व्यवहारउन्मुख शिक्षा नीति बनाउने काठमाडौं महानगरको घोषणा


Nagarik Abaj ६ असार २०८०, बुधबार २०:५८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख बालेन्द्र साहले बुधबार आयोजित कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

नगर प्रमुख साहले नीति तथा कार्यक्रम प्रस्तुत  गर्दै स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात लगायतका क्षेत्र बिशेष प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । 

काठमाडौं महानगरलाई खुल्ला संग्रहालयको रूपमा विकास गर्न र यसको पहिचान जीवित राख्न संस्कृति, सम्पदा र पर्यटनस् महानगरको धन योजना सञ्चालन गरिने भएको छ ।

नीति तथा कार्यक्रममा महानगरले ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ १० वटा गौरवका योजना ल्याएको छ ।  महानगरबासीका दिनदैनिक समस्या समाधानका लागि स्वर्णिम योजना ल्याइएको छ । महनगरले ‘ गरिखाने शिक्षा, महानगरको इच्छा’ भन्ने अवधारणा समेत ल्याएको छ।  विद्यालयलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउन सुन्दर विद्यालय परियोजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ता लगायत कार्यक्रम प्रस्तुत गरेको छ । 

काठमाडौं महानगरलाई खुल्ला संग्रहालयको रूपमा विकास गर्न र यसको पहिचान जीवित राख्न संस्कृति, सम्पदा र पर्यटनस् महानगरको धन योजना सञ्चालन गरिने भएको छ । २० वर्षे रणनीतिक विकास योजनासहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ ।

महानगरका पक्की सडक रुपान्तरण र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौंलाई गौरवको योजनामा राखिएको छ । न्याय तथा कानूनी परामर्शका लागि न्याय चौतारी अवधारणा ल्याएको छ । 


ताजा समाचार