
काठमाडौं । सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडानको सुरुवात भएको छ । छिमेकी राष्ट्र चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाजले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्दै आज बिहान अवतरण गरेको हो । १ जनवरी २०२३ बाट सन्चालनमा आएको यो विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो
चीन भ्रमणबाट फर्किएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली प्रतिनिधिमण्डललाई लिएर जहाज पोखरामा अवतरण भएको छ । असार ८ र ९ गते पोखराको फेवातालमा हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरु समेत यही जहाजमा आएका छन् ।