
काठमाडौं । प्रतिनिधिसभामा असार ८ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा आउने शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको जानकारी दिनुभएको छ । सभामुखका अनुसार प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम तय गरिएको हो ।
प्रश्नोत्तरका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ समूहमा विभाजन गरिएको छ । यो महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउनेछन् ।
सांसदहरुले त्यसका लागि मंगलबार ५ बजेभित्र प्रतिनिधिसभा सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा बुझाउनुपर्नेछ ।