Logo

बजेट पास हुने सम्भावना छैन: सुवासचन्द्र नेम्वाङ


Nagarik Abaj २ असार २०८०, शनिबार १६:११ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताउनु भएको छ ।

शनिबार पार्टीका मधेस प्रदेश सभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुर पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसदबाट कुनैपनि हालतमा पास हुन नदिने बताउनुभयो ।

उपाध्यक्ष नेम्वाङल भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेदभावपूर्ण रुपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताउनुभयो ।

उपाध्यक्ष नेम्वाङले सरकारले दुई दिनपछि अनिवार्य अवकासमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्यसचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाउने काम गरेको बताउनुभयो । उहाँले मुख्यसचिवलाई सुरक्षा परिषदमा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि हुन नसक्ने बताउनुभयो ।


ताजा समाचार