Logo

मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त


Nagarik Abaj ३२ जेष्ठ २०८०, बिहीबार १२:२२ मा प्रकाशित

काठमाडौं । नेपाल सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। आज (शुक्रबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका मुख्य सचिव शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको बताइएको छ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।


ताजा समाचार