Logo

अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरको डोजर


Nagarik Abaj २९ जेष्ठ २०८०, सोमबार १५:०७ मा प्रकाशित

काठमाडौं । अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ । काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले सोमबार डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् ।

एकपक्ष स्थानीय वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । अहिले महानगरपाकिलाले स्थानीयको विरोधकाबीच डोजर चलाइरहेको छ । स्थानीयहरुले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन् ।

महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने स्थानीयको तर्क छ ।

स्थानीयले महानगरपालिकाले सार्वजनिक जग्गा स्वामित्वमा लिन पाउने तर स्थानीयको केनै काम परेको समयमा त्यसको उपभोग गर्न पाउने गरी त्यसको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।


ताजा समाचार