
काठमाडौं। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा लागू औषध पक्राउ गर्नेक्रममा प्रहरीले गोली चलाएको छ ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा गोली चलेको छ । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।
लागू औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाका अनुसार नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको हो । खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ । पक्राउ परेका को हुन् प्रहरीले खुलाएको छैन ।