Logo

असारदेखि भदौ सम्म सडक खन्न प्रतिबन्ध


Nagarik Abaj २८ जेष्ठ २०८०, आईतवार १२:०६ मा प्रकाशित

काठमाडौं । सरकारले वर्षायाम शुरु भए लगतै असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाउने भएको छ ।

सरकारले त्यसबेला सडक खन्ने निमार्ण व्यवसायी र उपधोक्ता समितिलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारबाही गर्ने जनाएको हो ।

असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ । ‘

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने’ सूचनामा भनिएको छ । कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने विभागको चेतावनी छ ।


ताजा समाचार